नेपाल समाजवादी पार्टीको प्रथम बिधान अधिवेशन पोखरामा सुरु


पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आजदेखि पोखरामा सुरु भएको छ ।

पोखराको सभाहलमा महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराईले अधिवेशनको उद्घाटन गरे ।

अधिवेशनको पहिलो सत्रमा विधान मस्यौदा पेश गरेर समूहगत छलफल गर्ने कार्यसूची छ । दोस्रो दिन मंगलबार निष्कर्ष सुनाउने कार्यसूची रहेको नेसपा नेता मानुषी यमीले जानकारी दिइन् ।