भ्रष्टाचारको अभियोग लागेको ब्यक्तिबाट दान लिनु, भ्रष्टाचार हो : प्रचण्ड

नेपालगन्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले भ्रष्टाचारको मुद्दा खेपिरहेको ब्यक्ति सँग दान लिनु भनेको एक प्रकारको भ्रष्टाचार भएको बताउनभयो । आज बिहान प्रचण्ड जुम्ला जाने क्रममा नेपालगन्जको राझा एर्पोट्मा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै देशमा अहिले सरकार भ्रष्टाचारी लाई जोगाउन लागि परेको बताउनु भयो ।

आफुले सरकार छोड्दा संसदमा यो सरकार भ्रष्टचारीलाई जोगाउन सरकार बनेको भनेर स्मरण गर्नुभयो । मीन बहादुर गुरुङ ललिता निवास जग्गा प्रकरण मुद्दामा पक्राउ गरि अदालतबाट जमानतमा छुटेको र मुद्दा अहिले अदालतमा बिचाराधिन रहेको अवस्थामा सरकारको नेतृत्व गरिरहेको पार्टीले दान लिनुभनेको एक प्रकारको भ्रष्टाचार भएको बताउनुभयो ।
आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध डण्डा चलाउदा भ्रष्टहरु डराएर यो सरकार बनाएको र यो सरकारले जनतालाई कुनै डेलिभरी दिन नसक्ने उल्टै भ्रष्टाचार बढ्ने बताउनु भयो ।