नेपालगंज । नेपालीहरुको महान पर्व दशै, तिहार तथा छठ पर्व मनाउन भारतबाट नेपालगन्ज भन्सार बाट दैनिक जसो धेरै संख्यामा नेपालीहरु नेपालगन्जको जमुनाह नाकाबाट घर फर्किने क्रम जारी रहेकाे छ । रोजगारीको लागि भारतको विभिन्न शहरमा रहेका नेपालीहरु दशै मनाउन घर फर्कि रहेकाे इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए ।
भारतका विभिन्न शहरमा रोजगारीको लागि सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, जुम्ला, हुम्ला, प्यूठान लगायतका जिल्लाबाट रोजगारीका लागि भारत पुग्ने गरेका छन् ।
हाम्रो देशमा रोजगारी नपाउनु, बेरोजगारी तिब्र रुपमा बढ्दै जानु, सामान्य रुपमा छिमेकी मुलुक भारत गएर केही कमाएर घर परिवार चलाउनका लागि भारत जानु परेको जुम्लाका मोतिलाल चौलागाईले बताए ।
पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमूलो राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ ।
दसैँ मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि जमुनाह नाकामा जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । रिक्सा, ई–रिक्सा, बस, हायस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपालीलाई ठगिन नदिन नेपाल प्रहरीले सचेतना अभियान पनि चलाएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज बुढाथोकीले बताए ।
सन्तोष कुमार बिष्ट । २४ आश्विन २०८१, बिहीबार २२:५३