पन्जाबमा आम आदमीको सरकार बन्ने संकेत

२६ फागुन, काठमाडौं । भारतको पञ्जाबमा आम आदमी पार्टी (आप) नेतृत्वको सरकार बन्ने संकेत देखिएको छ । विधानसभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा आम आदमीले पन्जाबका ११७ सिटमध्ये ८४ सिटमा अग्रता लिएको छ । यो रुझानले आम आदमीले दिल्लीपछि पन्जाबमा पनि सरकार बनाउने संकेत देखिएको हो ।

यसअघि पन्जाबमा कांग्रेसको सरकार थियो । यस निर्वाचनमा कांग्रेस १५ सिटमा अगाडि देखिएको छ । अकाली पनि समान १५ सिटमा नै अगाडि देखिंदा भाजपाले जम्मा २ सिटमा अग्रता लिएको छ । उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भने अन्य दलहरुभन्दा भाजपा अगाडि छ । उत्तरप्रदेशमा भाजपासहितको गठबन्धन २४८, समाजवादी पार्टी (सपा) गठबन्धन १०८, कांग्रेस ८, बसपा ८ र अन्य दल ४ सिटमा अगाडि छन् ।

उत्तराखण्डमा भाजपा ४०, कांग्रेस २६ र आम आदमी १ र अन्य पार्टी ३ सिटमा अगाडि छन् । गोवामा भाजपा २०, युपीए गठबन्धन १३, टिएमसी ४, आम आदमी १ र अन्य २ सिटमा अगाडि छन् । मणिपुरमा भाजपा २६, कांग्रेस १३, एनपीएफ ७, एनपीपी ५ र अन्य दल ९ सिटमा अगाडि छन् ।