
१२ बैशाख २०७९ नेपालगंज । नेपालगंजमा २२ वर्षीय युवा फैजको नेपालगन्जको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन । युवा मोहम्मद फैजले नेपालगन्ज उप-महानगरपालिकामा मेयर पदको लागि उम्मेदवारी दर्ता गराएका छन् । २२ वर्षिय युवा फैजले लामो समय देखि राजनीतिक पार्टीमा सक्रियता साथ लागेका थिए । जनता समाजवादी पार्टीले गठबन्धन गरेपछि ऊनी निराश हुँदै बागी उम्मेदवारको रूपमा आफ्नो मनोनयन दर्ता गराएका हुन् । यसअघि फैज हल्वाई समाजवादी विद्यार्थी युनियनको केन्द्रिय सदस्य तथा पुर्व बाँके जिल्ला अध्यक्ष पनि रहिसकेको छन् । उनले आफ्नो उम्मेदवारी समग्र युवाहरुको लागि बताए । उनले चुनाबी अभियानमा आफू लागि सकेको पनि बताए ।



बिहानीको तारा । १२ बैशाख २०७९, सोमबार २०:१३