नेसपाको केन्द्रीय समितिको बैठक आजबाट बस्दै

२५ जेठ २०८० काठमाडौँ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु हुने भएको छ । बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्नेछ ।

बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेस गर्नेछन् । बैठक आज र भोलि गरी दुई दिन सम्म चल्नेछ