सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति खोज्ने नाममा अपरान्ह ४ बजेका लागि सारिएको थियो ।

तर दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो । बैठक आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको संघीय संसद सचिवालयले जनाएको छ। कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समित बन्नुपर्ने अडान कायम राखेको छ भने सत्ता पक्ष अझै राजी भएको छैन । यसअघि बसेको राष्ट्रिय सभाको बैठकमा कांग्रेसले अवरोध गरेको थियो। त्यसपछि बैठक आइतबारसम्म स्थगित गरिएको छ ।