काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जेन्जी पुस्ताले आह्वान गरेको सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको आन्दोलनमा भएको प्रहरी दमनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अर्न प्रसाद सापकोटाले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा संलग्न नागरिकमाथि भएको प्रहरी दमनप्रति पार्टीले गहिरो आपत्ति जनाएको उल्लेख छ। विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
“जेन्जी पुस्ताले उठाएका सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धका आवाजहरू न्यायसंगत र जनपक्षीय छन्,” विज्ञप्तिमा भनिएको छ। माओवादी केन्द्रले ती मागहरूको जिम्मेवारपूर्वक सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ।





बिहानीको तारा । २३ भाद्र २०८२, सोमबार १८:२१