हुम्लामा ४ वडा अध्यक्ष र ४ वडा सदस्य निर्विरोध

१७ वैशाख २०७९ हुम्ला । हुम्लामा ४ जना वडाध्यक्ष र ४ जना वडा सदस्य निर्विरोध भएका छन् । नाम्खा गाउँपालिका–६ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार पाल्जोर तामाङ र तीन जना वडा सदस्य छिरिङ डुङडुप तामाङ पुटी तामाङ, टुङडुप लामाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

यस्तै गरी खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षमा पनि रंगमती शाहीको एकल उम्मेदवार परेको छ । दलित महिला सदस्यमा दन्तकली सुनार निर्विरोध भएकी छन् । सिमकोट गाउँपालिका–१ को वडाध्यक्षमा गोर्ख लामाको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । यस्तै वडा नं. १ को दलित महिला सदस्यमा पनि नानीकाैला कामीको मात्र मनोनयन परेको छ ।