सोफिया रेजिडेन्सियल इङ्लिस स्कूलको वार्षिक खेलकुद दिवस सम्पन्न

नेपालगंज । सोफिया रेजिडेन्सियल इङ्लिस स्कूलको वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ । सोफिया स्कूलका संस्थापक प्रिन्सीपल के.बी.बसेलको अध्यक्षतामा भएको खेलकुद समारोहमा विद्यार्थीहरुले संगीतमय मार्च पास, दौड लगायतका विभिन्न सिर्जनात्मक, संस्कृति पहिचान, झल्कीने किसिमका खेलकुदका क्रियाकलापहरु प्रस्तुत गरेका छन । सोफिया स्कूलको वार्षिक खेलकुद दिवसमा खेलकुद प्रतियोगीतामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल, ट्रफी, प्रमाण–पत्र उपलब्ध बितरण गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्टले सोफिया स्कुलको पबित्र भूमिबाट धेरै खेलाडीहरु तयार हुने छन । यसको लागि आफुले सक्दो सहयोग गर्ने बताएका छन । अहिले नेपालगंजमा भएका खेलकुदका भौतिक पूर्वाधारहरुलाई राष्ट्रिय प्रशिक्षण केन्द्रको रुपमा विकास गर्न थालिएको बताएका छन । वार्षिक खेलकुद दिवसलाई सम्बोधन गर्दै ‘राष्ट्रिय खेलकुद परिषदले नेपालगंजमा भएको भौतिक पूर्वाधारहरुलाई अब चाँडै नै राष्ट्रिय प्रशिक्षण केन्द्रमा परिणत गदैछ । सदस्य विष्टले खेलकुदको विकास गर्नका लागि तल्लो तह देखी नै खेलकुदको जग बलियो बनाउन सके मात्र माथिल्लो तहमा सफलता मिल्ने बताउदै आगामी आर्थिक बर्ष २०८१-०८२ मा राष्ट्रिय खेलकुद परिषदले स्कूल स्तरिय खेलकुदलाई थप जोड दिई लैजाने बताउनुभयो । साथै उहाँले खेलकुदलाई स्कूलहरुले जोड्न नसके त्यसको असर बालबालिकामा पर्ने बताउनुभयो ।

अभिभावक समेत सहभागी यस समारोहमा विभिन्न सिर्जनात्मक खेलकुदका क्रियाकलापहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सोफिया स्कूलका प्रिन्सीपल शुसिला बसेल, स्कूलका बोर्ड सदस्य तथा भेरी अस्पताल विकास समितिका सदस्य डाक्टर डक्ट प्रसाद धिताल, एफजीटी चर्चका पास्टर रमेश भण्डारी, प्रेस सेन्टर नेपाल बाँके शाखाका सचिव केपी घिमिरे, पत्रकार गजेन्द्र गुरुङ्ग, आलम खान लगायतले मेडल, ट्रफी, प्रमाण–पत्र हस्तान्तरण गर्नुभयो । सोफिया स्कूलमा अहिले पूर्व प्राथामिक कक्षा अथवा प्रारम्भिक बालविकास तथा शिक्षा देखी प्लस टु तहसम्म पढाइ संचालन भैरहेकाे छ  ।