नेपालगंज भित्रका बिद्यालयहरु बिहानीको सिफ्टमा संचालन गर्न उपमहानगरको निर्देशन

३० जेष्ठ २०८० नेपालगन्ज । नेपालगन्ज उप-महानगरपालिकाले बिहिवारदेखि नगरका भित्रका सम्पुर्ण बिद्यालयहरुमा बिहानी सिफ्टमा कक्षा संचालन गर्न उपमहानगरले सूचना जारी गरेको छ । बिद्यालयहरुमा विहानी कक्षा सञ्चालन हुने गरि पठनपाठन सुचारु गर्ने भएको हो ।

विहान ६:१५ बजेदेखि ११ बजेसम्म कक्षाहरु सञ्चालन गर्नका लागि शिक्षा, युवा तथा खेलकुद महाशाखाले सूचना मार्फत जानकारी गराएको छ । नेपालगन्जमा अत्याधिक गर्मीका कारण पठनपाठनमा कठिनाई भएकाले गत जेठ २१ गतेदेखि ३१ गतेसम्म गर्मी विदा दिइएको थियो ।

सूचना सहित