प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवस बाँकेमा भव्य रुपमा मनाइयो

नेपालगन्ज । प्रेस सेन्टर नेपाल बाँके शाखाकाे आयोजनामा प्रेस सेन्टर नेपालकाे स्थापना दिवस “शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता भन्ने मूल नाराका साथ प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवस बाँकेकाे नेपालगंजमा भव्य रुपमा मनाएको छ । आइतबार साँझ ६:३० बजे नेपालगंजकाे बि.पी.चोकमा श्रमजिवी पत्रकार एवम् प्रेस सेन्टर प्रति आस्था राख्ने पत्रकारहरुले दीप प्रज्वलन गरी स्थापना दिवस मनाएका छन ।

पत्रकारले आफ्नो पेशागत मर्यादाको ख्याल गरि निष्पक्ष रुपमा कलम चलाउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए । दीप प्रज्वलन कार्यक्रममा पत्रकारहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त स्थापना दिवसको शुभकामना दिनेमा कानुन समाज सेवा नेपालका अध्यक्ष छत्र सुनार, अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सचिव हरेन्द्र बि.क., प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ बाँकेका अध्यक्ष लंक बहादुर रोकाय, अखिल (क्रान्तिकारी) बाँके जिल्ला का.बा. अध्यक्ष सुनिल बटाला, नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष गोपाल पुन, प्रेस सेन्टर बाँकेको कार्यबाहक अध्यक्ष सीता वलीले लगायतले दिनु भएको थियो । उक्त कार्याक्रम संचालन प्रेस सेन्टर नेपाल बाँके शाखा सचिव के.पी घिमिरेले गर्नु भएकाे थियाे ।