सरकार फेरबदलमा हामी लाग्दैनौं : उप-महासचिब पुन

तनहुँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उप-महासचिव वर्षमान पुन अनन्तले सरकार फेरबदलमा हामी नलाग्ने बताएका छन् । सोमबार तनहुँको दमौलीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले सरकारले राम्रो काम गरोस् भन्ने चाहना आफूहरूको रहेको बताए ।

‘सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो । सरकारले जनताका पक्षमा र सुशासनका पक्षमा काम गर्नुपर्छ,’ पुनले भने, ‘यस्तो कार्यमा हाम्रो साथ र समर्थन रहनेछ । माओवादी पार्टी अहिले सरकार फेरबदलमा लाग्दैन ।’

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएका तर वर्तमान शासन व्यवस्थाका बारेमा कुरा उठ्न थालेकाले यसको सुधार आवश्यक रहेकाे र ‘व्यवस्था त बदलियो तर अवस्था बदलिएन, अहिले हामी संगठन सुधारको अभियानमा लागिरहेका छौँ,’  हामी २०८४ को चुनावमा यही ‘एजेन्डा’ लिएर जनतामाझ जानेछौं । जनताले खोजेको पनि यही हो पुन भने ।