१३ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने कार्यक्रम अगाडि बढाएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता एवंम् आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए । उनका अनुसार सरकारले त्यसका लागि सरकारले पाँच करोड बजेटसमेत छुट्याएको छ । पाँच करोडमा करिब १०० घर निर्माण गर्ने लक्ष्य लिइएको छ । प्रदेशका हिमाली जिल्लामा पाँच लाख र अन्य जिल्लाका हकमा चार लाखको लागतमा खर्च गरिने कार्यविधि रहेको मन्त्री विष्टले जानकारी दिए ।
संघ सरकारका पनि केही कार्यक्रम सञ्चालन भइरहेका छन, जनता आवास कार्यक्रम मार्फत दलित समुदायलाई प्राथमिकता दिइएको छ’ मन्त्री विष्टले भने, ‘विपन्न आवास कार्यक्रमबाट सबै विपन्न नागरिकको आवस निर्माण गरिनेछ । कार्यक्रममा स्थानीय सरकारको सिफारिसका आधारमा पारदर्शी प्रक्रिया अपनाइ लक्षित परिवार छनोट गरिने मन्त्री बिष्टको भनाइ छ । मन्त्रिपरिषद् बैठकले बेरुजु बढेपछि प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने पनि निर्णय गरिएको छ ।
बिहानीको तारा । १३ फाल्गुन २०७८, शुक्रबार १०:२९