भन्सार छलिको ल्याईएका कपडा सशस्त्र प्रहरीद्धारा बरामद

२४ फागुन २०७८ नेपालगंज  । भारत बा६ भन्सार छली गरेर ल्याका अबैध कपडा सशस्त्र प्रहरीले  बरामद गरेकाे छ ।  जमुनाह विओपीबाट प्रहरी निरीक्षक जिवनलाल बुढाको कमाण्डमा खटिएको सशस्त्रको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं‍‍. १५  जमुनाह गाउँबाट ठूलो परिमाणको कपडा बरामद गरेको हो । प्रहरीका अनुसार उक्त कपडा  मूल्य २ लाख बराबर रहेको छ । बरामद गरिएको सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ । प्रहरी निरीक्षक जिवनलाल बुढाले बताए ।