नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरिएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाइएको छ । यस्तै, हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ ।
यद्यपि, खाना पकाउने ग्याँस (एलपी ग्याँस) को मूल्य भने यथावत् राखिएको छ ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आज बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो । नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ १९ पैसाले, डिजेल प्रतिलिटर ५ रुपैयाँ ०६ पैसाले तथा हवाई इन्धन प्रतिलिटर ८ रुपैयाँ १५ पैसाले घटेर आएको छ ।