नेपालगंजमा रहेको मानव सेवा आश्रमम लाई होटल स्टार लाईटद्वारा न्यानो कपडा वितरण

०७ माघ २०८० नेपालगन्ज । नेपालगन्जमा उप-महानगरपालिका वडा नं. १० मा रहेको मानव सेवा आश्रममा होटल स्टार लाईट एण्ड भेन्यु रिक्रियशन प्रा.लि. ले न्यानो कपडा वितरण गरेको छ । आश्रममा रहेका ६० जनालाई न्यानो कपडा बितरण गरिएको होटलका सि.ई.ओ. कुमार मैनालीले बताउनुभयो । आज एक कार्यक्रम गरि न्यानो कपडा वितरण गर्न पाउँदा आनन्द महशुस भएको र आश्रममा चिसोले कोही पनि बिरामी नहुनु भन्ने उदेश्यले आश्रममा सानो सहगयोग गर्न पाउँदा खुशीले गदगद भएको र होटल स्टार लाईट एण्ड भेन्यु रिक्रियशन प्रा.लि. यसरी सामाजिक कार्यमा सधै अग्रसर हुने बताउनु भयो । होटलले करिब एक लाख बराबरको न्यानो कपडा (ज्याकेट) बितरण गरेको सि.ई.ओ. कुमार मैनालीले जानकारी दिनुभयो ।

त्यस्तै नेपालगन्ज उप-महानगरपालिका वडा नं. १० का कार्यबाहक अध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको थियो । मानव सेवा आश्रमले होटल स्टार लाईट प्रा.लि.लाई र भेन्यु रिक्रियशन प्रा.लि.लाई प्रमाणपत्र दिएको थियो । उक्त होटलका सि.ई.ओ. कुमार मैनाली, अप्रेसन मेनेजर रचित श्रेष्ठ, मार्केटिङ म्यानेजर गिलभर्ट डेनियल, लेखा प्रमुख प्रेम भण्डारी, र सन्तोष बिष्ट लाई प्रमाण पत्र दिएर सम्मान गरिएको थियो ।