इलेक्ट्रीक रिक्सा ब्यवसायीले मेयरको राजिनामा माग गर्दै नेपालगन्ज उपमहानगरपालिका घेराउ

२५ पुस २०८० नेपालगन्ज । नेपालगन्ज उप-महानगरपालिकाले मंगलबार जिल्ला प्रशासन कार्यालयको परिसरमा इलेक्ट्रीक रिक्सामाथी डोजर चलाएर नष्ट गरेको बिषय लाई लिएर इलेक्ट्रीक रिक्सा ब्यावसायिहरुले मेयर प्रशान्त बिष्टको राजीनामा माग गर्दै नेपालगन्ज उप-महानगरपालिका अघाडी प्रदर्शन गरेका छन ।

कागजपत्र नभएका ‘अबैध’ इलेक्ट्रीक रिक्सालाई नियन्त्रणमा लिएर उप-महानगरपालिका कार्यालयले डोजर चलाएको थियो । यता आन्दोलनरत रिक्सा ब्यवसायीक ले गरिवको गाँस खोसेको भन्दै इलेक्ट्रीक रिक्सा ब्यवसायी संघ बाँकेको अगुवाईमा आन्दोलन भैरहेको छ ।

इ-रिक्सा ब्यवसायीहरु रिक्साहरु सडकमा तेर्साएर उपमहानगरपालिकाको कार्यालयको मुलगेटमा चर्का नाराबाजी गरेका छन् । इलेक्ट्रीक रिक्सा ब्यवसायी संघ बाँकेका अध्यक्ष कुमारसिंह ठकुरीले आफ्ना माग पुरा नहुँदासम्म आन्दोलन नरोक्ने समेत बताएका छन । उहाँले अगाडी भन्नुभयो, ‘हाम्रा व्यवसायीमाथी जुन खालको अन्याय र अत्याचार गरिएको छ, यसका विरुद्ध हामी आन्दोलित भएका हौं, माग पुरा नहुँदसम्म आन्दोलन चल्छ ।’
संघले इलेक्ट्रीक रिक्साको हकमा पुर्व स्थानीय सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने, उपमहानगरपालिकाद्धार नष्ट गरेका रिक्साको क्षतिपुर्ति दिनुपर्ने, नियन्त्रणमा लिइएका रिक्साहरुलाई एक पटकलई फिर्ता गर्नुपर्ने, उपमहानगरपालिकामा दर्ता भएका रिक्साहरुलाई नविकरण गरिदिनुपर्ने र उपमहानगरपालिकाले पारित गरेको ‘इलेक्ट्रीक रिक्सा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि-२०७८’ पूर्ण रुपमा लागु गर्नुपर्ने माग राखेको छ ।

आन्दोलनरत इलेक्ट्रीक रिक्सा व्यवसायीले अबैध रिक्सा ठहर भए प्रमाण पेश गर्न उपमहानगरपालिकालाई चेतावनी समेत दिएका छन् । ‘गरिवको रिक्सामा डोजर चलाउन मिल्छ ?’ ब्यवसायीले भने ‘कहिले काही कागज हराउँछ, कागज हराउँदैमा रिक्सामाथी डोजर चलाइदिने ?’

आन्दोलनरत इलेक्ट्रीक रिक्सा व्यवसायीले उपमहानगरपालिकाका मेयर र उपमेयरको चर्को बिरोध गरेका छन् । रिक्सा व्यवसायीको आन्दोलनलाई मध्यनजर गर्दै उपमहानगरपालिकाको मुलगेटमा नगर प्रहरी तथा नेपाल प्रहरी परिचालन भएका छन् ।