स्थानीयका लागि हिमालयन हाइड्रोपावरको ९ लाख कित्ता आईपीओ खुल्यो

२५ वैशाख २०७९ काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको ९ करोड मूल्य बराबरको ९ लाख कित्ता आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीका स्थानीय बासिन्दाहरुका लागि आईपीओ खुलाएको हो ।
कम्पनीको जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात ९ लाख कित्ता सेयरको प्राथमिक बिक्री खुला भएको कम्पनीले जनाएको छ । आईपीओमा कम्तीमा १० देखि अधिकतममा एक लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्की मादी गाउँपालिका वडा नंम्बर १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुले जेठ ८ गतेआवेदन दिन सक्नेछन । तोकिएको समयभित्र सबै सेयर खरीदमा आवेदन नपरे ढिलोमा जेठ २३ गतेसम्म आईपीओ निष्काशन खुला रहनेछ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।