नेपालगन्जमा हुने जबस मोर्चाको संयुक्त कार्यक्रममा जनार्दन शर्माले सम्बोधन गर्ने

१३ पुस २०८० नेपालगन्ज । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत भोली नेपालगन्जमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

भोलि पुस १४ गते शनिबार नेपालगन्जको त्रिभुवन चोकस्थित पूर्व लाईनमा आयोजना गरिने कार्यक्रमलाई उपमहासचिव शर्माले सम्बोधन गर्ने माओवादी बाँकेका सचिब डिल्ली बरालले जानकारी दिए ।

मुस्लिम मुक्ति मोर्चा, थारु मुक्ति मोर्चा तथा मधेसी मुक्ति मोर्चाको संयुक्त जिल्ला भेलाको उदघाटन कार्यक्रमलाई नेता शर्मासहित अन्य केन्द्रिय नेताहरुले पनि सम्बोधन गर्ने सचिब बरालले बताए ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार नेपालगन्जमा उक्त कार्यक्रमको आयोजना गरिएको माओवादी बाँकेका संयोजक नरेन्द्र पाण्डेले बताए ।