जुम्लामा प्राकतिक स्रोत व्यवस्थापनमा महिला तथा सिमानतकृत समुदायहरूको सवालमा संवाद कार्यक्रम सम्पन्न

०४ पौष २०८० जुम्ला । जुम्लाको गुठीचौरगाउँपालिकामा प्राकृतिक स्रोत व्यवस्थापनमा महिला तथा सिमानतकृत समुदायहरूको मुद्दाहरू सम्बोधन गर्न बहु–सरोकारवालाहरूलाई एक दिने सँग संवाद कार्यक्रम षौष २ गते सोमवार सम्पन्नभएको छ । कार्यक्रमा गुठीचौर गाउँपालिकाको आयोजना तथा ग्क्ब्क्ष्म् जलजंगल परियोजनाको सहजीकरणमा जैविक विविधता संरक्षणमा महिला, दलित, जनजाति तथा सिमान्तकृत वर्गहरुको पहुंच, नियन्त्रण, लाभ बाँडफाड, जलवायु परिवर्तनको प्रभाव र जिविकोपार्जनको अवस्था लगाएतका विषयमा छलफल हुनुका साथै प्राकतिक स्रोत व्यवस्थापनमाका १५ वटा सवालहरु पहिचान गरि प्राथमिकीरण समेत गरिएको थियो ।

कार्यक्रममा गुठीचौर गाउँपालिकाका उपाध्यक्ष शान्तीकुमारी मल्ल भण्डारीले आफ्नो पालिका प्राकृतिक रुपले जुम्ला जिल्लाकै धनी पालिका भएको र यसलाई थप संरक्षण गर्दै, यसको उचित सदुयोगको लागि आम जनसमुदाय तथा सो संग सम्बन्धित सरोकारवालाहरुले आवश्यक हातेमालो गरि अगाडी बढ्नु पर्ने बताउनुभयो । साथै सो कार्यक्रमा उपस्थित सब डिबिजन बन कार्यलयका ईन्चार्ज हिरालाल नेपालीका अनुसार गाउँपालिका अन्तर्गत २२ सामुदायिक बन रहेको र धेरै जसो सामुदायिक बनमा महिलाहरुले नेतृत्व गरिरहेका छन ।

कार्यक्रमा USAID जलजंगल परियोजनाको बारेमा वरिष्ठ कार्यक्रम अधिकृत विनोद कुमार शाहीले प्रस्तुतीरण गर्नु भएको थियो । भने कार्यक्रममा USAID जलजंगल परियोजनाका वरिष्ठ लैङ्गिक समानता तथा सामाजिक समावेशी अधिकृत शारदा शेर्पाले नेपालमा सहभागिताको लैङ्गिक समानता तथा सामजिक समावेशिताका सवालहरुमा प्रस्तुतीकरण गर्नू भएको थियो । कार्यक्रममा महिला तथा सिमान्तकृत वर्गहरुको सवाललाई पहिचान गर्न ३ वटा समुहमा छलफल गरिएको थियो । यस्तै बन क्षेत्रको व्यवस्थापन, मानव र वन्यजन्तु बीचको द्वन्द व्यवस्थापन, वातावरणमैत्री उत्पादन, जलस्रोत, जलवायु परिवर्तन लगाएतका विषयमा चर्चापरिर्चा गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका वडा नं ३ का अध्यक्ष ईन्द्र बुढाले जल, जंगल र प्राकृतिक स्रोत व्व्यवस्थापन गर्ने क्रममा केही कानुनी जटिलता देखिए पनि वातावरण संसक्षण र रोजगार सिर्जनामा पालिकाले निरन्तर काम गरिरहेको बताउनुभयो । कार्यक्रममा सहभागी मनिसा बुढाले आगामीदिनमा सामुदायिक बनमा जल र जंगल प्राणीहरु को जीवनभएकाले प्राकृतिक स्रोत साधनको जथाभावी प्रयोग गर्न कसैले नहुने बताउनुभयो । कार्यक्रमा प्राकतिक स्रोत व्यवस्थापनमा महिला तथा सिमानतकृत समुदायहरूको सवालहरु पहिचान गर्दै समानका लागी कार्य योजना निर्माण गर्दै सम्पन्न गरिएको छ ।
साथै USAID जलजंगल परियोजना का टोली ले भु तथाजलाधार व्यवस्थपन कार्यलायर डिभिजन वन कार्यलयसंग वन तथा जलाधार संरक्षणमा कर्णाली प्रदेशमा थप के गर्न सकिन्छ भनि छलफल गर्नुका साथै आगामी दिनमा सहकार्य गर्दै भु तथा जलाधार व्यवस्थापन कार्य गर्ने भनि छलफल भएको परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत विनोद कुमार शाहीले जनाकारी दिनुभयो ।