
काठमाण्डौं । नेकपा एमाले कैलालीको गोदावरी नगरपालिकाका ४६ जनाले सामुहिक राजीनामा दिएका छन । उनिहरुले नगर अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र दिएका छन ।
“पत्रमा तत्कालीन नेकपा भंग भएर एमाले माओवादी आ-आफ्नै अस्थित्व फर्किए पछि उनिहरुले नेकपा एमालेलाई नेकपा को निरन्तरता भनेर बसेको र सोही अनुसार केपि ओलि लाई राजनीतिक रुपमा साथ दिएको र नेकपा एमाले पार्टीमा हामीलाई पुर्व माओवादी भनेर अपमानित गर्ने, मुल नेतृत्व विरुद्ध गुटबन्दी गर्ने र जनयुद्धको विरुद्ध महासचिव शंकर पोखरेल लगाएत नेताले नियोजित रुपमा प्रहार गर्ने गरेकोले पार्टीमा अब बस्न नसक्ने भनी सामुहिक राजीनामा दिने निष्कर्षमा हामी पुग्यौ” पत्रमा उल्लेख गरिएको छ ।
यस्तै पछिल्ल समयमा राजनीतिक परिघट्नालाई हेर्दा नेकपा एमालेको नेतृत्वमा माथी आमजनमास आलोचना भैरहेको छ, जुन आफू विरुद्ध केही बोल्योभने कार्वाही गरिहाल्ने बिरोधि लाई सक्काउन लागि पर्ने प्रवृत्तिले गर्दा आमजनमासमा आलोचना हुनेगरेको देखिन्छ ।








सन्तोष कुमार बिष्ट । २२ पुष २०८१, सोमबार १७:१०