नेकपा (माओवादी केन्द्र) : बाँके बाट ४ जना केन्द्रिय सदस्यमा मनाेनित

२३ फागुन २०७८ नेपालग‌ज । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सकिएको छ । माओवादीले केन्द्रीय कमिटीलाई पनि पूर्णता दिएको छ । ३४४ जनाको केन्द्रीय कमिटी बनाएकाे छ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीमा बाँके बाट  मुस्लिम मुत्ती माेर्चा नेपालकाे केन्द्रिय संयाेजक अथर हुसेन फारुकी लाई केन्द्रिय कमिटीमा मनाेनित गरेकाे छ ।  त्यस्तै युवा नेत्री लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा के‍ सी नमुना, अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष युवा नेता नरेन्द्र न्याैपाने र लुम्बिनी प्रदेश सभा सदस्य पार्वति पुन उषा लाई नेकपा माओवादीको केन्द्रीय कमिटी बैठकले आज केन्द्रिय कमिटीमा मनाेनित गरेकाे छ ।

यस्तै नेकपा माओवादीको केन्द्रीय राष्टिय सम्मेलन बाट पुर्णा कुमारी सुवेदी र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक निर्वाचित भएकाे थिए । याे सँगै बाँके बाट केन्द्रिय कमिटीमा ६ जना केन्द्रिय सदस्य भएकाे छन ।