नेपालगंजमा स्थिति नियन्त्रण लिन सेना परिचालन

१६ असाेज २०८० नेपालगंज । बाँकेकाे नेपालगंजमा हिन्दु समाजले गरेकाे प्रर्दशनमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । स्थिति नियन्त्रण बाहिरा गएपछि जिल्ल प्रशासन कार्यालय बाँकेले कर्फ्यु आदेश जारी गर्दै ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । हिंसा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु आदेश जारी गर्नु परेको जनाएको हो ।

नेपालगञ्ज नगर क्षेत्रको पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका सीमा क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरिएको हो । अनिश्चितकालसम्म लगाइएको कर्फ्यू आदेशका समयमा कसैलाई पनि भेला, सभा समारोह, जुलुस तथा र्याली, हुल हुज्जत र हिँड्डुल नगर्न आदेश गरेकाे छ ।

आज ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीको क्रममा विवाद उत्पन्न भइ नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले नेपालगञ्ज नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । अहिले नेपालगंज क्षेत्रमा नेपाली सेना परिचालन गरिएकाे छ ।