१५ असाेज २०८० जुम्ला । आर्थिक अभाव र भौगोलिक विकटताले मोतिबिन्दुको उपचार गर्न नसकेका बिरामीहरूको निःशुल्क शल्याक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङ्घको सहयोगमा चन्दननाथ आँखा अस्पताल जुम्लाको आयोजनामा तिन दिने निःशुल्क आँखा शिविरमा आज भएकाे शिबिरमा ३ सय २७ जनाको मोतिबिन्दुको निः शुल्क शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति सङ्घ जुम्लाका सभापति जगदिश चौलागाईले जानकारी दिए । हिमालय आँखा अस्पताल पोखराबाट ऑखा रोग विशेषज्ञ डा. आशिष जम्मकटेल नेतृत्वकाे १२ जनाको टोली जुम्ला पुगेको हो ।
उनका अनुसार शिविर सञ्चालनको लागि नेपाल नेत्रज्योति सङघ एकीकृत ऑखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेत र रिड्ले आइ फाउण्डेशन नेपाल काठमाडौंले आर्थिक सहयोग गरेको थियो । हिमालय ऑखा अस्पताल पोखरा देखि ऑखा विशेषज्ञ चिकित्सकको टोली जुम्ला पुगेको थियो। अधिकांश ऑखाका बिरामीहरूले आर्थिक अभावका कारण उपचार गराउन पाएका थिएनन्। शिविरमा तिला, तातोपानी, गुठिचौर, पातारासी र चन्दननाथ नगरपालिकाका बिरामीहरूले सेवा लिएका छन् ।
बिहानीको तारा । १५ आश्विन २०८०, सोमबार १९:४९