एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलाउने

२२ जेठ २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए ।

‘पहिले नै ६/६ महिना मन्त्री बन्ने सहमति भएको थियो । उहाँहरु मन्त्री बनेको ६ महिना भइसक्यो । त्यसैले सधन्यवाद फिर्ता बोलाउने निर्णय गरियो’ उनले भने ।

एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी छन् ।