प्रधानमन्त्री प्रचण्ड एसियाली खेलकुद महोत्सवको उद्घाटन समारोहमा सहभागी

०६ असोज २०८० काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एसियाली खेलकुद महोत्सवको उद्घाटन समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ एसियाली खेलकुद महोत्सवमा उद्घाटन समारोहमा सहभागी भएका हुन् । त्यसअघि आजै दिउँसो चार बजे प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलले चिनियाँ राष्ट्रपति सी जिनपिङ सँग भेटवार्ता गरेको थियो । साथै राष्ट्रपति सीले एसियाली खेलकुदमा सहभागी हुन आएका विशिष्ट पाहुनालाई दिएको दिवा भोज कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए ।

प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चिनियाँ समय अनुसार १०ः १० बजे चीन पुगेका थिए । उनको चीन भ्रमण एकसाताको हुनेछ । प्रधानमन्त्री हाङचौंबाट, बेइजिङ, छोङछिङ, तिब्बत र छेन्दु हुँदै ३० सेप्टेम्बरमा नेपाल फर्कने कार्य तालिका रहेको छ ।