२० असोज २०७९ नेपालगंज । अविरल वर्षाका कारण बाँकेको पश्चिम राप्ती र बर्दियाको बबई नदीको बाढीले खतराको तह नाघेको छ । बाढी सूचना केन्द्रका अनुसार दुबै नदीमा जल सतह ६ मिटर नाघेको छ ।
राप्ती नदीमा ५.४० मिटर पुगेपछि खतरा मानिन्छ । राप्तीमा ६.२ मिटर पुगेको छ । यसैगरी बबई नदीमा ५.५० मिटर पुगेपछि खतरा मानिनेमा ६.१० मिटर पुगेको छ । पश्चिम राप्तीमा बाढी बढेपछि फत्तेपुर, कम्दी लगायतका स्थान जोखिममा पर्छन् । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको थियो ।
बिहानीको तारा । २० आश्विन २०७९, बिहीबार ०८:२७