
१८ साउन २०८० नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि अध्यक्षमा टंक बहादुर धामीकाे नेतृत्वमा समावेशी प्यानलका उम्मेदवारहरु सार्वजनिक गरेको छ ।

जसमा उपाध्यक्ष (उद्योग)तर्फ चिरञ्जीवि ओली, उपाध्यक्ष (वाणिज्य) तर्फ हरिलाल न्यौपाने, उपाध्यक्ष (महिला)तर्फ मन्दिरा पाण्डे, महासचिवमा भीम बहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्दिन जसगढलाई उम्मेदवार बनाएको छ ।
समावेशी प्यानलका सदस्य पदका उम्मेदवार इन्दिराकुमारी शाही, तोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टिकामणि उपाध्याय, डम्बर चन्दलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । समावेशी प्यानल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा निकटका उद्योगी व्यपारीहरु मिली निर्माण गरीएकाे हाे ।



बिहानीको तारा । १८ श्रावण २०८०, बिहीबार २१:१९