अखिल (क्रान्तिकारी) बाँके जिल्ला समितिले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री लाई हस्ताक्षर बुझायो

सुशासन प्रचण्ड सरकारको सरोकार भ्रष्टचार विरुद्ध नागिरक हस्ताक्षर भन्ने नारा सहित हस्ताक्षर अभियान

१६ साउन २०८० नेपालगंज । अखिल (क्रान्तिकारी) बाँके जिल्ला समितिले आज भ्रष्टाचार विरुद्ध सरकारको अभियानमा समर्थनका लागि संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सम्माननीय प्रधानमन्त्री एवम् नेपाल सरकार लाई हस्ताक्षर बुझाएको जिल्ला अध्यक्ष महेश बस्नेतले जानकारी दिए ।

सुशासन प्रचण्ड सरकारको सरोकार भ्रष्टचार विरुद्ध नागिरक हस्ताक्षर भन्ने नारा सहित हस्ताक्षर अभियान गरिएको हो । बाँके जिल्लाका महत्वपूर्ण क्याम्पसहरु महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर क्याम्पस हरु बाट बृहत नागरिक हस्ताक्षर यही साउन ४ गते देखी १५ गते सम्म हस्ताक्षर अभियान संचालन गरिएको अध्यक्ष बस्नेत ले जानकारी दिए ।

हस्ताक्षर बुझाउन अखिल क्रान्तिकारीका केन्द्र सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुर्य प्रकाश घर्तिमगर, सचिव एवम् लुम्बिनी प्रदेश सह इन्चार्ज तुल्सी मणि के.सी लगाएतको उपस्तिथि समेत रहेको थियो ।