
२० फागुन २०७८ नेपालगंज । नेकपा (माओवादी केन्द्र) निकट मुस्लिम मुक्ती माेर्चा नेपाल, नेपालगंज उप-महानगर भेला हुने भएकाे छ । नेकपा माओवादी केन्द्र नेपालगंज उप-महानगर कमिटीले संगठन निर्माण लाई तिब्रता दिएकाे छ । नजिकिदै गरेकाे स्थानिय निर्वाचकाे तयारी, पार्टी कमिटी लाई क्रियाशिल बनाईरहेकाे छ । प्रत्येक वडा कमिटीकाे बैंठक भेला प्रशिक्षण गर्दै आईरहेकाे नेकपा माओवादी केन्द्र नेपालगंज उपमहानगर कमिटी अध्यक्ष रतन शाहीले बताउनुभयाे ।
यस्तै मुस्लिम मुक्ती माेर्चा नेपाल, नेपालगंज उपमहानगर भेला हुने भएकाे छ । संगठन शुदृढ विस्तार तथा जनपरिचालन अभियानमा मुस्लिम मुक्ति मोर्चा नेपाल नेपाल उप-महानगरपालिका को भेलामा २३ वटै वडाबाट मुस्लिम मुक्ति मोर्चा का सम्पूर्ण सदस्यहरु र तीन वटै कमाण्ड का संयोजक सह-संयोजक नगर कमिटी सदस्य वडा कमिटी अध्यक्षहरुलाई भेलामा बाेलाईएकाे छ । भेला नेपालगंज उद्योग बाणिज्य संघकाे सभाहलमा हुने अध्यक्ष शाही बताउनुभयाे ।



बिहानीको तारा । २० फाल्गुन २०७८, शुक्रबार २१:०८