नेपालगंजबाट अवैध सुनकाे काराेबार गर्ने २ जना पक्राउ

०७ बैशाख २०८० नेपालगंज । नेपालग‌जकाे न्युरोडमा अवैध सुनको कारोबार गरेको भन्ने विशेष सूचनाको आधारमा बाँके प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट २ जनालाई पक्राउ गरेको छ । उनीहरुकाे साथबाट गरगहनाह र ४ किलो ९२७.२१८ ग्राम सुन १ थान डिजिटल तराजु, स्टमेट बिलहरु एनआईसी बैंकमा ७,३३,४०० जम्मा भएकाे भाैचर र  ३५००० हजार नगद समेत बरामद गरिएकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.९ बस्ने वर्ष ४२ को रमेश सोनी र सोही ठाउँमा बस्ने वर्ष ३६ को प्रकाश ठाकुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेकाे प्रहरी गरिरहेको छ ।