खजुरा गाउँपालिकाद्धारा बसपार्क निर्माण गर्न एक करोड बिनियोजन

११ असार २०८० खजुरा : बाँकेको खजुरा गाउँपालिकाले आ.व. २०८०/८१ का  ८३ करोड ३९ लाख ५३ हजार ६ सय ५८ रुपैयाँको आयव्ययको अनुमानित विवरणसहितको बजेट प्रस्तुत गरेको छ ।  खजुरामा  बसपार्क बन्ने पक्का भएको छ, खजुरा गाउँपालिकाले बसपार्क निर्माण  गर्नका लागि एक करोड बजेट बिनियोजन गरिएको छ ।

आइतबार पालिका उपाध्यक्ष मन्जु मल्लले बजेट प्रस्तुत गर्दै भवन आवास तथा शहरीकरण बिकास गर्न बिशेष गरेर पालिका भित्र बसपार्क निर्माण गर्न १ करोड बिनियोजन गरिएको बताइन् ।