
८ असार २०८० नेपालगंज । नेपालगंज उप-महानगरपालिका वडा नं. ९ कार्यालयको आर्थिक सहयोग तथा टियर रिलिफको आयोजनामा सात दिने आर्थिक रुपमा विपन्न महिलाहरुको जिविकोपार्जनमा सुधार कार्यक्रको आज एकल महिलाको सभा हलमा उक्त तालिमको वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मीले ब्यानर पढेर कार्यक्रम उद्घाटन गर्नुभयो । कार्यक्रमको अध्यक्षता टियर रिलिफको अध्यक्ष हिरा घर्तिले गर्नु भएको थियो । उक्त कार्यक्रममा अतिथि वडा सदस्य मिना नेपाली समाजसेवी कृष्ण प्रसाद भडेल उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन शुष्मा चौधरीले गरेकी थिइन ।

कार्यक्रममा वडा अध्यक्ष रेग्मीले तालिममा सभागीहरु लाई तपाईहरुको सिप सिकी पछि त्यो सिपलाई ब्यवसायमा रुपान्तरण गरी आयआर्जन गर्न सकिन्छ, पछि कुनै ब्यवसाय गर्न परे आफुल सक्दो सहयोग गर्ने बताउनुभयो । साथै दिन तालिममा उपस्तिथि भएर लिन समेत आग्रह गरे । तालिम ७ दिन संचालन गरिनेछ, ब्यावसायीक साक्षरता साथै आधुनिक डिजाईनका पोतेका माला बनाउने सिप बिकास तालिमको आजबाट सुरु गरीएको छ । तालिममा १० जनाले भाग लिएका छन ।
त्यस्तै टियर रिलिफको हिरा घर्तिले सिपले आत्मनिर्भर बनाउन्छ, सिपले सक्षम बनाउन्छ त्यसैले सिप सिकौ आत्मनिर्भर बनौ भनी तालिममा भाग लिने सहभागीहरु लाई उत्साहित गरिन ।



उपेन्द्र आचार्य । ८ असार २०८०, शुक्रबार १२:५६