किरण नाला पुल निर्माणकाे अन्तिम चरणमा

परसपुर-गौघाट सडक खण्डकाे ‘सिगाउँ’ स्थित पुल निर्माण तिब्रगतिमा


२६ जेष्ठ २०८० खजुरा ।बाँकेकाे परसपुर-गौघाट सडक खण्ड अन्तरगत ‘सिगाउँ’ स्थित किरण नालामा निर्माणाधिन पुल काम अन्तिम चरणमा पुगेको छ । झण्डै २ वर्ष देखीदेखी निर्माणाधिन अवस्थामा रहेको पुल लुम्बिनी प्रदेश सरकारको बजेटबाट पुल निर्माणको गरिएको हाे । तत्कालिन समयमा पुल निर्माणका लागि कुल ५ करोड ८५ लाख ७२ हजार ५ सय ३३ रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । २०७७ फागुन १९ गते ठेक्का सम्झौता भएपछि ठेकेदार कम्पनीले २०७९ असार २५ गतेभित्र काम सम्पन्न गर्ने जिम्मा पाएको थियो ।

ठेकेदार कम्पनी ‘गल्वा’सिद्धार्थ दर्शन जेभी’ले तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्न नसकेपछि पटक-पटक म्याद थपिएको थियो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बहादुर विककाे धेरै लामो संघर्ष र संवाद समन्वय मार्फत परसपुर गौघाट सडकको किरण नालाको पुलकाे ढलानकाे काम सुरु भएकाे छ। ठेकेदार कम्पनी, सम्बद्ध सरकारी निकाय लगायतलाई पटकपटक ताकेता गरेपछि पुल निर्माणको कामले सार्थकता पाउन लागेको अध्यक्ष विक ले बताउनुभयाे हो ।

ठेकेदार कम्पनीका प्रतिनिधिले ढलानका लागि आवश्यक तयारी पुरा गरेको जनाएका छन् । निर्माणाधिन पुलको बिहीबार स्थलगत निरीक्षण गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले निर्माण कार्य अगाडी बढाउन ठेकेदार र सम्बन्धित सरकारी निकायलाई ताकेता गरेको स्मरण गरे । अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको देख्दा खुसी लागेको समेत अध्यक्ष बिकले बताउनुभयाे ।