
२९ बैशाख २०८० नेपालगंज । नेपालगज उप-महानगरपालिका–९ श्रद्धानगरमा कोठा भाडामा लिएर बस्दै आएकी २२ वर्षीया सुमित्रा रानी थारु काेटामा मृत अवस्थामा फेला परेकी छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–६ रझेना घर भएकाे अध्ययनकाे लागि नेपालगंजमा काेटा भाडा लिइ बस्दै आएकाे प्रहरीले जनाएकाे छ ।
मृत भेटिएकी युवतीको हत्या भएको आशंकामा बाँके प्रहरीले अनुसन्धान सुरु गरेको बताउँदै युवतीको छातीमा धारिलो हतियार प्रहार भएको देखिएको बताउनुभयो ।
सोही कारणले उनको मृत्यु रहस्यमय रहेको प्रहरीले जनाएको छ । निमित्त प्रहरी प्रमुख घर्तिमगरले सो घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।



बिहानीको तारा । २९ बैशाख २०८०, शुक्रबार १८:२८