जुम्लामा तिन दिने मोतिबिन्दु शल्याक्रिया सम्बन्धी निशुल्क आँखा शिविर संचालन


५ बैशाख २०८० जुम्ला । जुम्लामा तिन दिने मोतिबिन्दु शल्याक्रिया सम्बन्धी निशुल्क आँखा शिविर संचालन भएको छ । नेपाल नेत्रज्योती संघ चन्दननाथ आँखा अस्पताल जुम्लाले निशुल्का मोतिबिन्दु शल्याक्रिया सम्बन्धी आँखा शिविर गरिएको हो ।जुम्लामा आँखाको मोतिविन्दु सम्बन्धी बिरामी भएकाको लागी निशुल्क सल्यक्रिया सुचारु गरिएको नेपाल नेत्रज्योती संघ चन्दननाथ आँखा अस्पताल जुम्लाका अध्यक्ष धन बहादुर बस्नेतले बताए । आँखामा समस्या भएका बिरामीलाई घरआँगनमै सेवा दिने उद्देश्यले तिन दिने निशुल्क मोतिबिन्दुको सल्लिक्रिया गरिएको हो ।

नेपाल नेत्रज्योती संघ राप्ती आँखा अस्पताल तिल्सीपुर दाङ र कर्णाली स्वाथ्यबिज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग,३९औँ निशुल्क मोतिविन्दु सम्बन्धीको सल्यक्रिया गरिएको छ ।यस अघि जुम्लाका सातवटा स्थानीयतहका ४वटा ठाउका आँखा सम्बन्धी समस्या भएका बिरामीलाई छानोट शिविर गर्दा १सय १३ जना आइसकेको छन ।अब बाँकी चन्दननाथ नगरपालिकाका बिरामीको लागी मंगलबारबाट नाम दार्ता सूरु गरिएको छ ।निशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको सल्यक्रिया शिविरिमा उपचार गर्न जुम्ला भरीका ज्येष्ठ नागरिक तथा आँखाका समस्या भएका व्यक्तिहरु अहिले चाँज गराउनका लागि भिड लागेको छ ।