प्लान नेपाल तथा बि. ग्रुपकाे आर्थिक सहयोगमा खजुराका सिमान्तकृत समुदायका महिलाहरुलाई सम्मान


२८ फाल्गुन २०७९ खजुरा । ११३ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा र्‍याली तथा सम्मान कार्यक्रम खजुरा गाउँपालिका वडा नम्बर ५ मा सम्पन्न भएकाे छ। प्लान नेपाल तथा बि. ग्रुपकाे आर्थिक सहयोग तथा खजुरा गाउँपालिका वडा नम्बर ५ काे आयाेजनामा वडामा रहेका सिमान्तकृत समुदाय , मगन्ता समुदायका ३० जना भन्दा बढी महिलालाइ सम्मान गरिएकाे हाे ।

अन्तरास्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित कार्यक्रमा महिलाहरुलाई सम्मान गरेकाे हाे। २१औं शताब्दीमा महिलाहरुको अवसर र चुनौती बिषय एवम् संघर्षशील महिला दिदिबहिनीहरुको सम्माना ध्यान दिनुपर्ने सबैले जाेड दिए । कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले वर्षको एक दिन नभई ३६५ दिननै महिलाहरु यसैगरी जागरुक बनेर हक अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले गाउँ गाउँमा गएर महिला वालवालिकाहरुको अवस्था बुझ्ने र सभ्य शान्त समाज निर्माणका लागि जनचेतनाका कार्यक्रम लिएर अघि बढ्नु पर्ने बताउनुभयो ।

साथै आफ्नो संघर्षबाट प्राप्त उपलब्धीमा सम्वन्धीत व्यक्तिमा थप प्रेरणा पाउने भएकाे ले महिला अरु आफै आत्मनिर्भर हुनका लागि आयआर्जन तिर अग्रसर हुनुपर्ने बताउनुभयो । साथै छाेराछाेरीलाइ बराबरी गर्नुपर्ने र छाेरीलाई अनिवार्य शिक्षा दिनुपर्नेमा जाेड दिनुभयो । उक्त कार्यक्रम खजुरा गाउँपालिका वडा नम्बर ५का वडा अध्यक्ष गरीबे शेषकाे अध्यक्षतामा प्रमुख अथिति कार्यक्रम खजुरा गाउँपालिका समाजिक बिकास संयाेजक कृष्ण कुमारी पोख्रेल रहनु भएकाे थियो ।

बिशिस्ट अथिति खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी ,वडा सदस्य , ग्रुपकी फिल्ड सुपरभाइजर लक्ष्मी खत्री,  किशोरी किशोरी लगाएको उपस्थिति रहेको थियोे ।बिग्रुपकाे नेतृत्व र निर्णय परियोजना अन्तरगत खजुरा गाउँपालिकाकाे वडा नम्बर ४ र५ मा लैङ्गकि समनता बालविवाह बिरुद्ध जनचेतना ,सिपमुलक कार्य गर्दै आइरहेकाे बिग्रुपकी फिल्ड सुपरभाइजर लक्ष्मी खत्रीले जानकारी दिनुभयो११३ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा र्‍याली कार्यक्रम तथा सम्मान कार्यक्रम खजुरा गाउँपालिका वडा नम्बर ५ मा सम्पन्न भएकाे छ। प्लान नेपाल तथा बि. ग्रुपकाे आर्थिक सहयोग तथा खजुरा गाउँपालिका वडा नम्बर ५ काे आयाेजनामा वडामा रहेका सिमान्तकृत समुदाय , मगन्ता समुदायका ३० जना भन्दा बढी महिलालाई सम्मान गरिएकाे हाे ।