पाँच दलीय गठबन्धनकाे अपिल : ठाउँ र अवस्थाअनुसार तालमेल गर्नुस्

२८ चैत २०७८ काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । तालमेलको मोडालिटीबारे टुंगो लगाउन नसकिसकेका बेला सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् । उनीहरूले भनेका छन्, देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दर्छौं ।

अपिल सहित