जुम्लाका आठै पालिकालाई मतदाता नामावली हस्तान्तरण,कुन पालिका कति मतदाता ?

  • सागर परियार

१५ फागुन जुम्ला । जुम्लाका आठै स्थानीय तहलाई मतदाता नामावली हस्तान्तरण गरिएको छ । आइतबार जुम्लामा आयोजित मतदाता नामावली अद्यावधी तथा दाबी विरोध अन्तरक्रिया कार्यक्रममा आठै पालिकाका प्रमुखलाई नामावली हस्तान्तरण गरिएको हो । आगामी फागुन २० गतेदेखि दाबी विरोधको कार्यक्रम शुरु हुने भएकोले जिल्लाका ६० वटै वडामा सम्बन्धी वडाको मतदाता नामावली पठाइएको निर्वाचन अधिकृत महेश शर्माले बताउनुभयो ।

उहाँका अनुसार आइतबार चन्दननाथ ५का वडाध्यक्ष अर्जुनसिंह कठायत,तातोपानीका अध्यक्ष नवराज न्यौपाने,गुठिचौरका अध्यक्ष हरि बहादुर भण्डारी,पातारासीका अध्यक्ष लक्षिमन बोहोरा,कनकासुन्दरीका कार्यबाहक अध्यक्ष हरिबहादुर भण्डारी,हिमाका अध्यक्ष रज बहादुर शाही र तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया बुढाले आफ्नो पालिकाभरीको मतदाता नामावली बुझेर लिएका छन् । भने सिंजा गाउँपालिकाको मात्रै लिन बाँकी छ ।

उहाँले भन्नुभयो,,“जुम्लामा साउन ९ गतेदेखि माघ २४ गते सम्म सञ्चालन भएको मतदाता नामावली कार्यक्रमबाट जुम्लामा झण्डै ६ हजार ३ सयबढी मतदाता थपिएका छन् । थपिएका गरी जुम्लाको कुल मतदाता ६८ हजार ७ जना पुगेका छन् । फागुन २० गतेदेखि मतदाता नामावलीमाथि दाबी विरोध,नाम सच्याउने लगायतका कार्यक्रम तोकिएकोले सम्बन्धीत वडामै नामावली पठाइएको हो ।”

निर्वाचन अधिकृत प्रमुख महेश शर्माका अनुसार जूम्लामा ६८ हजार ७ जना मतदाता नामावली रहेको छ । जसमा चन्दननाथ नगरपालिका ११ हजार नौस सय २८,कनकासुन्दरी गाउँपालिका नौ हजार ७८,गुठिचौर गाउँपालिका छ हजार पाँच सय ३९, तातोपानी गाउँपालिका नौ हजार चार सय तिन, तिला गाउँपालिका सात हजार नौ सय ३९, पातारासी गाउँपालिका आठ हजार छ सय ७६, सिञ्जा गाउँपालिका आठ हजार एक सय ३७ र हिमा गाउँपालिका छ हजार तिनसय छ । र अनुमानित मतदान केन्द्र १०२ मतदात केन्द्र रहेका छन् ।

अन्तरक्रियामा निर्वाचन आयोग नेपालले जारी गरेको संशोधित सूचनाका आधारमा हराएका परिचयपत्र कार्डको बिषयमा फागुन २० गते भित्र निवेदन र वडाको सिफारिस सहित ईमले, फ्याक्स र अन्य माध्यामबाट पनि निर्वाचन कार्यालयमा पठाउन सकिने जानकारी गराइएको छ ।

अन्तरक्रियमा हराएको मतदाता परिचय पत्रको आवेदन दिने समय छोटो भएकाले संशोधन गर्ने समय छोटो भएकाले मिति थप्न सरोकारवाला निकायले आग्रह गरेका छन् । स्थानीय राजनैतिकदलहरुले हिमाली क्षेत्रका मानिसहरु व्यापार व्यवसायमा वाहिर जानुपर्ने अवस्था भएकाले फागुन २० गते छोटो सूचना हुने सूझाव दिएका छन् । नेकपा माओवादीका प्रदेश सदस्य पूर्ण प्रसाद धिताल, नेपाली काग्रेसका जिल्ला सचिव अर्जुनसिंह कठायत, नेकपा एमालेका जयबहादुर खत्री, नेकपा एकिकृत समाजवादीका भिम थापा, राप्रपाका कालिबहादुर महतले मिति बढाउन अनुरोध गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले नागरिकताले नै नागरिकले मतदान गर्न पाउने अधिकार हुनुपर्ने सूझाव दिनुभयो । हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले हराएका परिचयपत्रका लागि वडा कार्यालबाट संकलन गर्ने अभियानमा समेत गाउँपालिका लागेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले निर्वाचनमा अहिले प्रधान बिषय दर्ता भईसकेका मतदाता अनुसारका नामावली अनुसारका व्यक्ति कसरी मतदान स्थलमा पुरयाउन सकिन्छ भन्ने तयारीका लागि सवै लाग्न अनुरोध गर्नुभयो । उहाँले अन्तरक्रियामा कानूनलाई आधार मानेर काम गनुपर्ने र अर्को दुर्गमताको कारणले आउने समस्याको वारेमा आयोगलाई जिल्लाको जानकारी हुनुपर्नेमा जोड दिनुभयो ।