जनताको मन मनमा ‘नमुना’ जनताको घर घरमा ‘नमुना’

१५ कार्तिक २०७९, नेपालगन्ज । गत २०७४ को निर्वाचनमा बाँके निर्वाचन क्षेत्र १ (१) बाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि त्यहाँका जनताले माओवादी नेतृ कृष्णा केसी ‘नमुना’ लाई ५ बर्षका लागि जिताएर पठाए । निर्वाचन जितेर गैसकेपछि प्रायः सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा फर्केर आउँदैनन भन्ने आरोप खेपिरहदा तत्कालीन प्रदेश सांसद नमुना भने ‘नमूना’ नै बनेर हरदम जनताको आगनमा, जनताका झुप्राहरुमा जनतासङ्गै देखा परिन ।

बितेका ५ बर्षमा नमुना प्रायः जसो आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्याहरु समाधान गर्नमै व्यतीत भईन । जितेर गएका अन्य सांसदहरु कता कता हराउँदा उनि भने आफ्नो क्षेत्रका जनताका समस्याहरु कहाँ कहाँ छन, के के छन, कसरी समाधान गर्न सकिन्छ भनेर जनताकै बिचमा छलफल गरी प्रदेश सभामा उनिहरुको आवाज बुलन्द पार्थिन ।

उनले त्यो क्षेत्रबाट जितिसकेपछि बितेको ५ बर्षमा थुप्रै विकासका कामहरु भएको स्थानीय बताउँछन । ‘नमुनाकै पहलमा बितेको ५ बर्षभित्रमा कुनैबेला जिल्लाको अति बिकट भनेर चिनिने नरैनापुरमा २६/२७ बर्षदेखि पोल मात्रै गाडिएको तर बिजुली नपुगेको अवस्थामा बिजुली पुग्यो, बत्ति बल्यो, सडक बन्यो, अस्पताल र बैंक बने ।’ एक स्थानीयले भने ।

उनका अनुसार, बिजुली, सडक, अस्पतालको काम पूरा भएपनि अबको यो निर्वाचनपछि नमूनाले सिक्टा सिँचाईको काम चाँडो पूरा गर्न र उद्योग कलकारखाना स्थापना गरी स्थानियलाई रोजगारी दिलाउने भूमिका खेल्नु पर्ने बताए ।

कोरोनाको समयमा होस चाहे बाढी पिडितलाई उद्दार गर्न होस, स्थानिय कोही बिरामी पर्दा होस चाहे स्थानीयलाई बन्यजन्तुले दु:ख दिदा होस । उनि सदा स्थानिय जनाताको दु:ख र दर्दलाई मल्हम पट्टी लगाउने काममै व्यस्त हुन्थिन । कोरोनाको समयमा मान्छेको नजिक मान्छे नपर्दा उनि अगाडी अगाडी पुगेर जनतालाई औषधि गर्न र अस्पतालमा उनिहरुको व्यवस्थापनमा लाग्थिन, राहतको प्याकेज बनाएर जनता समक्ष पुग्थिन । बाढी पिडितलाई उद्दार गर्न र राहत दिन नेतृत्व गर्थिन । बिरामी परेका स्थानीयलाई उपचारको चाजोपाजो मिलाउथिन ।

उनै ‘नमुना’ लाई अहिले माओवादी केन्द्रले गठबन्धनको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि पुनस् सोही क्षेत्रबाट उम्मेदवार बनाएको छ । उनि भन्छिन, ‘बितेको ५ बर्षमा बिकासका थुप्रै कामहरु भएका छन, अब निर्वाचन जितेर गैसकेपछि गर्न र पूरा हुन बाँकी रहेका अन्य कामहरु पूरा गर्नुपर्नेछ ।’ बिजुली, सडक, अस्पताल ल्याइसकेको र रोजगारी सिर्जनका लागि उद्योग कलकारखाना, सिँचाईको लागि सिक्टाको नहर ल्याउँने लगायतका हुने चरणमा रहेका अन्य कामहरु पूरा गर्नुपर्ने उनले बताईन ।

५ बर्षको अवधीमा नरैनापुर गाउँपालिका लगायत आफ्नो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय बनेकी कृष्ण केसी ‘नमुना’ लाई यस पटक पनि जनताले जिताउने प्रतिवद्धता जनाएका छन् । निरन्तर घरदैलोमा रहेकी बाँके क्षेत्र न. १ प्रदेश (१) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेकी नमुनालाई पुनः जिताउनका लागि सो क्षेत्रका जनता लागि परेका छन् ।

स्थानीय भन्छन, ‘हामीलाई पार्टी होईन बिकास गर्ने नेता चाहिएको छ, नमुनाले हामीलाई बिकास दिनु भएको छ, अबको चुनावमा पनि हामीले उहाँलाई जिताएर पठाउँछौ । उहाँ हाम्रो घर घरमा आउनुहुन्छ, दु:ख सुख के छ बुझ्नुहुन्छ र हामीले उहाँलाई हाम्रो मन मनमा राखेका छौँ, भोट उहाँलाई नै दिएर फेरी जिताएर पठाउँछौ ।’