निर्वाचनको सुरक्षा अबस्था बुझ्न मुख्य सचिव,सहितको टोली जुम्लामा

२७ कार्तिक २०७९ जुम्ला : निर्वाचनको सुरक्षा अबस्था बुझ्नका लागि मुख्य सचिव शंकरदास वैरागी सहितको टोली जुम्लामा पुगको छ । निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाबारे वुझ्न सचिव स्तरको टोली जुम्ला सहित कर्णालीका अन्य जिल्ला पुगेको पाइएको हो । मुख्य सचिव वैरागी, गृह सचिव विनोद प्रकाश सिंह, रक्षा सचिव किरण राज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधु कुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देल सहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा जुम्ला पुगेको हो ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सचिवहरुको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारीको बिषयमा जिल्ला सुरक्षा समिति सँग छलफल गरी आवश्यक निर्देशन समेत दिएको बताए । प्रजिअ केसरीका अनुसार नेपाली सेनाको २४ नम्बर बाहिनी जुम्लामा कर्णाली र जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको बिषयमा छलफल सम्पन्न गरेको हो ।जिल्ला प्रशासन कार्यालयका अनुसार छलफलमा नेपाली सेनाको २४ नम्बर वाहिनीका वाहिनीपति राजेन्द्र केसीले साविक कर्णालीको ५ जिल्लाको सुरक्षा अवस्था र तयारीको बिषयमा प्रस्तुती गर्नु भएको छ ।

नेपाल सरकारको उक्त उच्च स्तरको सरकारी टोलीले निर्वाचन र सुरक्षाका बिषयमा आवश्यक निर्देशन समेत गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जानकारी दिएको छ । मुख्य सचिव वैरागीले अहिले सरकारको लक्ष्य नजिकिदै गरेको निर्वाचन भएकाले जिल्लामा स्थानीय प्रशासन सहित सवै सुरक्षा निकायका प्रमुखहरु समन्वय सहकार्य गरेर अगाडि बढ्न निर्देशन गरेका छन् । त्यस्तै नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाका अनुसार मुख्य सचिव ससिहतको उच्च स्तरको टोली जुम्ला, हुम्ला हुदै मुगु बस्ने तालिका रहेको छ । सोमवार उक्त टोली निर्वाचनको अनुगमन गर्न सुदुरपश्चिम तिर लाग्ने तालिका छ ।।