नेपालगंज । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले एकै साथ आठ पालिकाको अधिवेशन गर्ने भएको छ । आज नेकपा (माओवादी केन्द्र)बाँकेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी मंसिर २९ र ३० गते पालिका सम्मेलन गर्ने र सोही अनुसार नेताहरुको कार्य बिभाजन गरिएको जिल्ला संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले जानकारी गराउनुभयो ।
केन्द्रिय सदस्यहरुको कार्यविभाजन
खजुरा गाउँपालिकामा आइपी खरेल र डम्बर बहादुर बि.क तुफान, डुडुवा गाउँपालिकामा प्रकाश सुवेदी चन्द्रकान्त र गेहराज शर्मा नवीन, बैजनाथ गाउँपालिकामा जिल्ला ईन्चार्ज पूर्णा कुमारी सुवेदी, नरैनापुर गाउँपालिकामा नरेन्द्र न्यौपाने, जानकी गाउँपालिकामा अन्जना चौधरी कोहलपुर नगरपालिका उषा पुन र नरेन्द्र पाण्डे जेम्स राप्तीसोनारी गाउँपालिकामा कृष्णा के.सी. नमुना र नेपालगंज उपमहानगरपालिकामा अकल बहादुर बम र डिल्ली बराल लाई सम्मेलन सम्पन्न गर्ने जिम्मेवारी दिएको र सम्वन्धित पालिकामा रहेका प्रदेश सदस्य, जिल्ला समन्वय समिति सदस्य, प्रदेश सल्लाहकार, प्रदेश परिषद सदस्यहरुलेको पनि कार्य विभाजन भएको संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले जानकारी गराउनुभयो ।
उनका अनुसार ‘बाँके जिल्लाका ८१ वडाहरुमा अधिवेशन सम्पन्न भएको साथै पार्टी सदस्यता नवीकरण तथा लेवी अभलेखिकरण १५ गते सम्म गरी सक्ने र वडाबाटै प्रतिनिधि छनौट गरी मंसिर २५ गते यो कार्य सम्पन्न गरि अधिवेशनमा जाने बताउनुभयो ।’
नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा बाँकके जिल्ला ईन्चार्ज पूर्णा कुमारी सुवेदीले ‘पार्टी रुपान्तरण तथा पार्टी जिवनमा अधिवेशक निकै आवश्यक हुन्छ ।’ यसले पार्टी सदस्यले नेतृत्व छनौट गर्न पाउन्छन यो पार्टी जीवनमा आवश्यक अनिवार्य पनि हो । अहिले हुने पालिका अधिवेशनमा प्रत्यक्ष निर्वाचनबाट सदस्य तथा पादाधिकारी छनौट गर्ने बताउनुभयो ।
यस्तै नेकपा (माओवादी केन्द्र)को सरकारले भ्रष्टाचार नियन्त्रण र समाजिक न्यायको क्षेत्रमा राम्रो काम गरेको हुनाले जनतामा माओवादी प्रति आकर्षण बढ्दै गएको र माओवादी प्रति जनलहर देखिन थालेको सुवेदीले बताउनुभयो ।
पत्रकार सम्मेलन जिल्ला संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’को अध्यक्षतामा, स्थायी समिति सदस्य तथा बाँके ईन्चार्ज पूर्णा कुमारी सुवेदी, केन्द्रिय सल्लाहकार समिति सदस्य प्रकास सुवेदी चन्द्रकान्त र जिल्ला समन्वय समिति सदस्य डिल्ली बराल अमिरको उपस्थिति रहेको थियो ।
सन्तोष कुमार बिष्ट । ६ मंसिर २०८१, बिहीबार १४:११