
९ बैशाख २०७९ नेपालगंज । जनता समाजवादी पार्टी (जसपा) नेता रमारानी बैश्य कमल थापाले नेतृत्व गरेकाे राप्रपा नेपालमा प्रवेश गरेकी छन । पाँच दलिय सत्ता गठबन्धनले उप-महानगरपालिका भागबन्डा गर्दा मेयर नेपाली काँग्रेसकाे भागमा पर्याे र उप-मेयर जसपाकाे भागमा परे पछि कमरुदिन राई ले उप-मेयरमा आफु जाने निर्णय गरे लगतै जसपा बाट उप-मेयर मा सिफारिस भएकी रमारानी बैश्य उप-मेयर नपाउने भएपछि राप्रपा नेपालमा प्रवेश गरेकी छन ।
२०७४ सालकाे स्थानीय निर्वाचनमा राप्रपा बाट उप-मेयरकाे उम्मेदवार थिन । उप-मेयरमा पराजित भए पछि जसपामा प्रवेश गरेकाे थिन । स्थानीय तहको आसन्न चुनावमा उम्मेदवार बन्नका लागि पार्टी परिवर्तन गर्नेको लहर चलेको छ । एउटा पार्टीबाट उम्मेदवार भन्दै प्रचार गरिएकाहरु त्यहाँबाट टिकट नपाउने भएपछि अर्को पार्टी जाने गरेको पाइएकोछ ।
पछिल्लो २४ घण्टामा फरक–फरक पार्टीबाट नेपालगंज उप-महानगरपालिकाको मेयर र उपमेयर दावी गरिरहेकाहरुले पार्टी परिवर्तन गरेका छन् ।नेपालगञ्जको मेयरमा माओवादी केन्द्रबाट चुनाव लड्ने तयारीसँगै पार्टीको सिफारिसमा समेत परेका नन्दलाल बैश्य राप्रपातिर लागेका छन् ।
गठबन्धनले भागबण्डा गर्दा नेपालगञ्ज उपमहानगरपालिकामा माओवादीको भाग नपरेर उम्मेदवार हुन नपाउने भएपछि बैश्य राप्रपातिर लागेका छन् । राप्रपाबाट उनी मेयरका उम्मेदवार तोकिएका छन् । मेयरको उम्मेदवार बनाउने शर्तमा नै बैश्य राप्रपामा प्रवेश गरेका हुन् ।राप्रपाका महामन्त्री एवं नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले बैश्यलाई मेयरको उम्मेदवार बनाउने प्रतिबद्धता गरेपछि बैश्य राप्रपामा लागेका छन् ।
राप्रपाले बैश्यलाई मेयर र विन्दु चर्तिमगरलाई उपमेयर लडाउने आन्तरिक घोषणा गरिसकेको छ ।उम्मेदवारी मनोनयन गर्ने दुई दिनअघि जनता समाजवादी पार्टी (जसपा)बाट नेपालगञ्जको उपमेयरमा प्रचार गरिएकी रमारानी बैश्य राप्रपा नेपालतिर लागेकी छन् ।
सत्ता साझेदार दलका बीचमा भएको गठबन्धनमा नेपालगञ्जको मेयरमा कांग्रेस र उपमेयरमा जसपालाई दिने निर्णय गरेसँगै जसपाबाट मेयरका दावी गरेका कमरुद्दिन राई उपमेयर लड्ने भएपछि रमारानी राप्रपा नेपालतिर लागेकी हुन् । राप्रपा नेपालका जिल्ला अध्यक्ष दिपेन्द्रबहादुर सिंहले रमारानीलाई पार्टीले उचित सम्मान गर्ने बताउनुभयो ।
नेकपा एमालेसँग केन्द्रमा गठबन्धन गरेको राप्रपा नेपालले नेपालगञ्जमा उपमेयर पाउने संभावना कम रहेको छ । राप्रपा नेपालले एमालेसँग उपमेयरमा पाएमा रमारानीलाई उठाउने तयारी गरेको छ । उम्मेदवारी घोषणको दिन नजिकिदै गर्दा उम्मेदवारका आकांक्षीहरु यो वा त्यो पार्टीतिर लागेका छन् ।



बिहानीको तारा । ९ बैशाख २०७९, शुक्रबार १९:५५