ओलीका असंवैधानिक कामको विरोध गरेकाले मलाई टिकट दिइएन : भीम रावल

२७ असोज, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनावमा टिकट नदिएको बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूले ओलीले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण टिकट नदिएको बताए । उनले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताए ।