दैलेख ठाँटीकाँध गाउँपालिकामा जैविक विविधता संरक्षणमा महिला तथा सिमान्तकृत समुदायको सवालमा कार्ययोजना संवाद कार्यक्रम सम्पन्न

०५ पौष २०८० दैलेख । दैलेख ठाँटीकाँध गाउँपालिकामा जैविक विविधता संरक्षणमा महिला तथा सिमानतकृत समुदायको सवालमा कार्ययोजना संवाद कार्यक्रम सम्पन्न भएकाे छ । आज भएकाे कार्यक्रमा दैलेख ठाँटीकाँध गाउँपालिको आयोजना तथा USAID जलजंगल परियोजनाको सहजीकरणमा जैविक विविधता संरक्षणमा  अपाङ्गता भएका व्व्यक्तीहरु, महिला, दलित, जनजाति तथा सिमान्तकृत वर्गहरुको पहुंच, नियन्त्रण, लाभ बाँडफाड, जलवायु परिवर्तनको प्रभाव र जिविकोपार्जनको अवस्था लगाएतका विषयमा छलफल हुनुका साथै प्राकतिक स्रोत व्व्यस्थापनमाका सो समुदायका सवालहरु सम्बोधनार्थ वन फडानी , जातिय तथा लैङ्गिक विभेद, पानीको मुहान सुक्नु वन्यजन्तु चोरी सिकारी लगायतका १६ वटा सवालहरु पहिचान गरि प्राथमिकीरण समेत गरिएको छ । संवाद कार्यक्रममा, जन प्रतिनिधि, महिला  दलित , अपाङ्गता भएका समुदाय समुदायिक वन उपभोक्त समितिका प्रतिनिधिहरु विच छलफल भरिएको थियो ।

कार्यक्रममा ठाँटीकाँधगाउँपालिकाका उपाध्यक्ष तथा संवाद कार्यक्रमका सभाध्यक्ष प्राकृतिक संरक्षणको विषय भनेको सम्पुर्ण मानिस लगायत जिव जन्तुहरुकोप्रत्यक्ष  जिवनसंग जोडिएको विषय भएको हुनाले यसमा गाउँ पालकिा तथा आम जन समुदाय सचेत भै यस्को संरक्षण लागी पर्नु पर्ने बताउँनु भयो । कार्यक्रमा USAID जलजंगल परियोजनाको बारेमा वरिष्ठ कार्यक्रम अधिकृत विनोद कुमार शाहीले  परियोजनाको लक्ष्य उद्येश्य तथा कार्यक्रमका विषयमा प्रस्तुतीरण मार्फत जानकारी  गर्नु भएको थियो । भने कार्यक्रममा ग्क्ब्क्ष्म् जलजंगल परियोजनाका वरिष्ठ लैङ्गिक समानता तथा सामाजिक समावेशी अधिकृत शारदा शेर्पाले नेपालमा लैङ्गिक समानता तथा सामजिक समावेशिताका अवस्थाकस्तो छ ? भन्ने सवाल तथा सहभागिताकासवालहरुमा प्रस्तुतीकरण गर्नू भएको थियो ।


कार्यक्रममा ठाँटीकाँध गाउँपालिका अपाङ्ग सञ्जालका अध्यक्ष सुरेन्द्र ब. शाही ले जैविक विविधता संरक्षणमा समावेशी सिद्धान्त अनुरुप काम गर्नू निकै उत्साह जनक रहेको र यस्तै कार्यक्रम गाउँ गाउँमा गएर सञ्चालन गर्नु पर्ने बताउनु भयो ।  ठाँटीकाँध गाउँपालिकाले अपाङ्ग, महिला र दलित मैत्रि निति निर्माण जोड दिनु पर्ने बताउनु भयो । कार्यक्रममा महिला तथा सिमान्तकृत वर्गहरुको सवाललाई पहिचान गर्न ३ वटा समुहमा छलफल गरिएको थियो । यस्तै बन क्षेत्रकाे व्यवस्थापन, मानव र वन्यजन्तु बीचको द्वन्द व्यवस्थापन, वातावरणमैत्री उत्पादन, जलस्रोत, जलवायु परिवर्तन लगाएतका विषयमा छलफल गरिएको थियो ।