प्रधानमन्त्री प्रचण्ड र चिनियाँ नेता युआनबीच भर्चुअल संवाद

०७ साउन २०८० काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार भर्चुअल संवाद गरेका छन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार च्या च्युन र प्रधानमन्त्री प्रचण्डबीच आइतबार दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो ।संवाद क्रममा प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका च्या च्युनलाई न्यानो स्वागत गरे । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो ।