नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि लिएको ऋणको किस्ता भुक्तानी गर्दै

३० पुष २०७९ काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि लिएको ऋणको किस्ता भुक्तानी गर्दै आएको छ  । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ३३ करोडभन्दा बढी भुक्तानी गरेको छ।

निगमले पछिल्लो पटक शुक्रबार ३३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरेको हो ।  कर्मचारी सञ्चय कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।

निगमले संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी नभई रहेकोमा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेतृत्वले सम्हालेपछि गत असार ३० गते १ अर्ब ३५ करोड रुपैयाँ र गत कात्तिक १ गते ७३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरिसकेको छ  ।