मन्त्री मोहम्मद इश्तियाक राईद्धारा डुवान क्षेत्रको निरीक्षण

डुवान प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता

२० असाेज २०७९ नेपालगन्ज । अविरल बर्षाका कारण बाँकेमा भएको डुवान क्षेत्रको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले स्थलगत निरीक्षण गर्नु भएको छ ।

राईले डुडुवा गाउँपालिका क्षेत्रमा पुगेर बिहीबार दिउँसो निरीक्षण गर्नु भएको हो । डुडुवा क्षेत्रमा बाढीको क्षतिबारे जानकारी लिँदै उहाँलेे बाढी र डुबान प्रभावित परिवारका लागि आवश्यक राहत व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनु भयो । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने डुडुवाका प्रभावित परिवारलाई व्यक्तिगत तर्फबाट पनि राहत वितरण गर्न तत्काल पहल गर्ने आश्वासन पनि मन्त्री राइले दिनुभयो ।