
फागुन ११ काेहलपुर– नेकपा माओवादी केन्द्र निकट YCL नेपाल बाँके र अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको छ। अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा माओवादी केन्द्र निकट विद्यार्थीहरुले कोहलपुरमा बुधबार साँझ मसाल जुलुस निकालेका हुन्।
उनीहरुले एमसीसी राष्ट्रहित विपरीत रहेको भन्दै खारेज गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी टेबल गरेको थियो। एमसीसीमाथि भोलिको प्रतिनिधिसभा बैठकमा छलफल गर्ने कार्यसूची छ। सरकारमै रहेका माओवादी र नेकपा एकीकृत समाजवादी एमसीसीको विरुद्धमा छन् भने कांग्रेस जसरी पनि पास गर्ने पक्षमा छ। त्यसैका लागि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँगको छलफललाई तीब्रता दिएका छन्। मसाल जुलुसमा YCL नेपाल बाँके र अखिल क्रान्तिकारीले कोहलपुरमा विरोध प्रदर्शन गरेका छन । मसाल जुलुस काेहलपुरकाे न्युराेड चाेक सम्म ल्याएर काेण सभामा परिणत भएकाे अखिल क्रान्तिकारी जिल्ला सदस्य नेपालगंज उप-महानगरपालिका अध्यक्ष उपेन्द्र आचार्य ले जानकारी दिए । बिराेध सभा लाइ सम्बाेधन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य धुर्व जाेशी र YCL नेपाल केन्द्रिय सदस्य गीता शाही ले सम्बाेधन गरेकाे नेता आचार्य ले जानकारी दिए ।




बिहानीको तारा । ११ फाल्गुन २०७८, बुधबार १५:१५